चलचित्र ‘छक्का पन्जा ३’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

हलमा रिलिज हुदा सुपरहिट भएको चलचित्र ‘छक्का पन्जा ३’ युटुबमा पनि राम्रो प्रतिक्रिया तथा दर्शकको साथ मिलेको छ । ‘छक्का पन्जा ३’ दुईवर्ष अगाडी दशैंको अवसरमा हलमा प्रदर्शन भएको थियो ।

दीपक राज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको ‘छक्का पन्जा ३’ यति बेला नेपाल युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा गर्न सफल भएको छ ।अहिलेसम्म रिलिज भएका नेपाली चलचित्रमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा ३’सँग छ ।

युट्युबको ट्रेन्डिङ वानमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ यो समाचार तयार पर्दा सम्म ६६ हजार भन्दा बढी लाईक मिलेको छ भने ७ हजार ६ सय डिसलाईक मिलेको छ ।करिब १९ लाख पटक हेरिएको यस चलचित्रमा ४ हजार ३ सय कमेन्ट आएको छ ।चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा ३’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय छ ।चलचित्रमा नेपालको सामुदायिक विद्यालयमा हुने शैक्षिक बेथितिलाई प्रस्तुत गरिएको छ ।

Namaste Filmy

Read Previous

‘लप्पन छप्पन २’ शिवरात्रीमा रिलिज हुने

Read Next

विराज र निकिताको ‘साङ्लो’ युट्यबमा सार्वजनिक, ट्रेन्डिङको सातौ स्थानमा