विराज र निकिताको ‘साङ्लो’ युट्यबमा सार्वजनिक, ट्रेन्डिङको सातौ स्थानमा

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ युट्यबमा सार्वजनिक भएको छ । गत वर्ष माघमा प्रर्दशन भएको चलचित्र युट्यबमा सार्वजनिक गरिएको हो ।

चलचित्र युट्युब सार्वजनिक सगै यति बेला युट्युबको ट्रेन्डिङको सातौ स्थानमा रहेको छ। यो समाचार तयार पर्दा सम्म३४ हजार भन्दा बढी लाईक मिलेको छ भने १ हजार ३ सय डिसलाईक मिलेको छ ।करिब ६ लाख पटक हेरिएको यस चलचित्रमा ३ हजार ६ सय कमेन्ट आएको छ ।चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

विराजको डेब्यू निर्देशित चलचित्रले बक्सअफिसमा औसत व्यापार गरेको थियो । विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ । यही सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले सिनेमामा डेब्यू गरेकी छन् ।किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको सिनेमाको कथा शिवम् अधिकारीले लेखेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘छक्का पन्जा ३’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

Read Next

नेहा कक्कडलाई बियरको नशामा रोहनप्रीतले बिहेको प्रस्ताव !