पल शाह ‘माया लाउन मसँग’भन्दै जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिकसग (भिडियो)

गायक विशाल निरौलाको नयाँ गीत रिलिज भएको छ । ‘माया लाउन मसँग’ बोलको गीतमा विशालसँगै पछिल्लो समयकी व्यस्त गायिका रचना रिमालको समेत स्वर रहेको छ ।

गीतमा पछिल्लो समय टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालले मोडलिङ गरेको छ । उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् । गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलको रोमान्स देख्न सकिन्छ ।

त्यस्तै यो गीत रचना, स्मारिका र सामारिकाको समेत पहिलो सहकार्य हो । गीतमा केशव बैरागी माइलाको शब्द रहेको छ भने ज्ञानेन्द्र गिरीको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

नेहा कक्कडलाई बियरको नशामा रोहनप्रीतले बिहेको प्रस्ताव !

Read Next

नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने