दर्शकले असार २७ मा 'चिहान' हेर्न पाउने ।

[dropcap]मा[/dropcap]याप्रेम र बिश्वासमा शंकाको चिहानले कसरी जीवनलाई जिउदो लाश बनाउदछ भन्ने विषयबस्तुमा निर्माण गरिएको नेपाली चलचित्र ‘चिहान’ प्रदर्शनको लागी तयार भएको छ । चलचित्रलाई रमेश थापा र मेनुका श्रेष्ठले निर्माण गरेका हुन । त्यस्तै चलचित्रलाई पुराना निर्देशक बद्रिकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन । श्रेष्ठले यसअघि चलचित्र ‘बाचा बन्धन’ को निर्देशन गरेका थिए । chihanसामाजिक कथाबस्तुमा निर्माण भएको फिल्ममा निरज बराल, पुजना स्त्री, अनुपा कार्की, अनिल बोम्जन, भवेश पराजुली, चन्दा दाहाल, रविन श्रेष्ठ, उमेश शिवाकोटीलगायतको अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा निर्देशक स्वयमले लेखेका हुन । चलचत्रिमा रेखा पौडेलको संगीत रहेको छ भने अष्ट महर्जनको द्धन्द तथा कविराज गहतराजको नृत्य रहेको छ । फिल्मले माया गर्नेले बिश्वास गर्न सक्नुपर्छ र बिश्वास गर्नेले कहिल्यै शंका गर्नुहूदैन भन्ने मुख्य सन्देश बोकेको छ । चलचित्रको रिलिज मिति आउदो असार २७ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

बलिउड कलाकार नेपाली फिल्म 'टाइगर द रियल हिरो'मा ।

Read Next

'बक्सअफिस अवार्ड'मा रेखा र जीवन उत्कृष्ट नायक नायिका ।