कमल खनालको ‘चौतारीमा बसेर’ गीतको लिरिकल भिडियो सार्वजनिक

गायक तथा संगीतकार कमल खनालको स्वरमा रहेको ‘चौतारीमा बसेर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार कमलका ठूलोबुवा देवी ‘विरही’ खनालको शब्द तथा गायक कमलकै संगीत छ । गीतमा राहुल प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

लिरिकल भिडियोमा प्रस्तुत गरिएका स्थिर दृश्यमा आयुषा खनालको आर्टवर्क छ । गीतमा रत्न विकको बाँसुरी, मनिष गन्धर्वको सारंगी, किरण तुलाधरको रेकर्डिङ छ ।

गायक कमलका अनुसार उनको ठूलोबुवाको २० वर्षमै निधन भएको थियो । ‘कलिलो उमेरमा पनि उहाँको साहित्यिक रचनाहरु विलक्षण किसिमका थिए । ५० बर्ष अगागि कोरेको ठूलोबुवाको शब्दलाई संगीतबद्ध गरेर गाउन पाउदा खुशी छु’, कमलले भनेका छन् ।

भिडियोको परिकल्पनाकार गायक तथा संगीतकार कमलले नै हुन् । भिडियोको निर्माण दिनसन शाहले गरेका हुन् । भिडियोलाई गायक कमलले आफ्नै युट्युब च्यानल कमल खनाल म्यूजिकलबाट सार्वजनिक गरेका छन् ।

Namaste Filmy

Read Previous

गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि ‘ (भिडियो)

Read Next

सुनिल गिरी र मेलिना राईको ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक