गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’को भिडियो सार्वजनिक

लोकप्रिय गायक शिव परियारको स्वर रहेको गीत ‘तिम्रो याद भुलाउन’को म्यूजिक भिडियो रिलिज भएको छ ।उमेश रेग्मीको शब्द तथा संगीत यस गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

‘तिम्रो याद भुलाउन’ गीतको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् । भिडियोमा प्रेमिकाले छाडेर गएपछि मदिराको नशामा डुबेको प्रेमीको कथा प्रस्तुत गरिएको छ । गायक शिव परियारले गीतले मदिरा पिएर रमाइलो गर्ने भन्दा पनि मदिराको नशाले खराब गर्छ भन्ने सन्देश दिएको बताए ।

https://www.youtube.com/watch?v=oloDLBqJUxQ

भिडियोलाई यूवराज वाइवाको निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन गरेका हुन् ।

Namaste Filmy

Read Previous

पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्ण–लीला’ को छायांकन सकियो

Read Next

दिलिप जंग खत्रीको ‘भेट्न मन छ ‘मा बिकास र रोशनी (भिडियो)