

दिलिप जंग खत्रीको स्वर रहेको ‘भेट्न मन छ ‘गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।स्याड भर्सनको गीतमा शब्द तथा संगीत गायक दिलिप जंग खत्रीको रहेको छ ।गीतलाई एरेन्ज भने याकुब राईले गरेका हुन्।

‘भेट्न मन छ ‘ गीतको म्युजिक भिडीयोमा बिकास लामिछाने र रोशनी जी आर फिचर्ड छन्। पोखरामा छायांकन गरिएको म्युजिक भिडीयोलाइ नेत्र गुरुङले निर्देशन गरेका हुन्।
म्युजिक भिडीयोमा प्रकास गुरुङको छायांकन ,नेत्र गुरुङको सम्पादन ,जय गुरुङको मेकअप , बिकास ताम्राकारको ड्रोन र किरण राज थापाको कलर समाबेश रहेको छ।
