रोशनी केसीको निर्देशनमा ‘त्यहिँ सच्चा नेपाली’को भिडियोमा ३० जना कलाकार (भिडियो)

गायिका देविका बन्दना र गायक राजन इशानको स्वर रहेको ‘त्यहिँ सच्चा नेपाली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाइ आनन्द अधिकारीले रचना गरेका हुन् भने यसमा संगीत राजन इशानकै रहेको छ । गीत मार्फत जुटौँ नेपाली भन्ने संदेश दिइएको छ ।

भिडियोमा संस्कृतिविद सत्यमोहन जोशी , वरिष्ठ कलाकार नीर शाह देखि पछिल्लो पुस्ताका ३० जना कलाकारसम्मलाई अभिनय गराएर एकताको संदेश दिएकी छिन् । भिडियोमा सत्यमोहन जोशी र नीर शाहसँगै गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुका साथमा गायिका देविका बन्दनाले समेत अभिनय गरेकी छन् ।

गीतको भिडियो मार्फत पनि त्यो संदेशलाई निरन्तरता दिएकी छिन् निर्देशक रोशनी केसीले ।कलाकार र निर्मात्रीको परिचय स्थापित गरेकी रोशनी यसै भिडियो मार्फत निर्देशकको रुपमा पनि प्रस्तुत हुदैछिन् ।निर्देशक केसीले गीतको भाव अनुरुप नै भिडियोलाई तयार गर्ने प्रयास गरेको बताइन । भिडियो निर्देशक रहेकी केसीले लोकप्रिय अनुहारको संख्या यति धेरै भिडियोमा पहिलो हुन् सक्ने सम्भावना औल्याईन ।

भिडियोलाइ फिल्म ‘यात्रा’ मार्फत निर्माणमा होमिएका निर्माता चिजकुमार श्रेष्ठले निर्माण गरेका छन् । देश भावनाले ओतप्रोत गीत भएकाले आफु सहभागी भएको उनले बताए । रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागीको कलर करेक्सन रहेको छ ।

Namaste Filmy

Read Previous

अभिनेता ऋतिक रोशन फिल्म ‘फाइटर’मा खेल्दै

Read Next

पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सुरु