

बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ। आफूले सोमबार दिउँसो छोरीलाई जन्म दिएको अनुष्काले एक ट्विटमार्फत बताएकी हुन्। छोरीको जन्मपछि भारत तथा अन्य मुलुकबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ। अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले २०१७ मा बिहे गरेका थिए ।

विराटले सामाजिक संजालमा लेखेका छन्, ‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यतीबेला हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’
