

भोलि माघ १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन हुनु भन्दा २ दिन अघि सार्वजनिक गरिएको ट्रेलरमा एक्शन किङ्ग शिव श्रेष्ठको एक्शन देख्न सकिन्छ ।


आइतवार मन्त्रीपरिषदको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेसँगै फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ पनि सेन्सर पास भएको छ । सोमवार सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुले फिल्म हेरेपछि अभिनेता शिव श्रेष्ठलाई पिजी सर्टिफिकेट प्रदान गरेका थिए । अब यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।
दिपेश सापकोटा निर्देशित ‘एउटा यस्तो प्रेम कहानी’लाई फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यसोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन् । कोरोनाको संक्रमणबाट बच्न ९ महिनादेखि बन्द रहेका सिनेमा हल यसै चलचित्र मार्फत खुल्ला गरिएको छ ।
