बिग बोसको सेटमा दुर्घटना, म्यानेजर पिस्ता धाकडको मृत्यु

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको सेटकै अगाडि भएको दुर्घटनामा बिग बोसकी ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको मृत्यु भएको छ । शुक्रबार राती सलमान खानसँग विकेण्ड का वार सुटिङ सकेर एक्टिभा स्कुटरमा घर जान लाग्दा पिस्ता दुर्घटनामा परेकी हुन् । अँध्यारोका कारण पिस्ता सवार स्कुटर चिप्लिएको थियो ।

सडकमा भएको खाल्डोमा परेर स्कुटर ढलेपछि स्कुटरबाट लडेकी पिस्ता सडकमा थिइन् । त्यही बेला त्यहाँ एउटा भ्यानिटी भ्यान आउँदै थियो जसले पिस्तालाई किचेर अगाडि बढ्यो । चर्चित प्रोडक्सन हाउस एण्डेमोल इण्डियाकी कर्मचारी पिस्ताले द भ्वाइस, बिग बोस, खतरों के खिलाडी जस्ता चर्चित रियालिटी शोमा काम गरेकी थिइन् । उनको अचानक मृत्युले बलिउड शोकमा छ ।

Namaste Filmy

Read Previous

रामजी ज्ञवालीको निर्देशनमा ‘एक लभर’ सार्वजनिक

Read Next

बलिउड अभिनेता वरुण धवन प्रेमिका नताशा दलालसँग बिहे गर्दै