‘छ माया छपक्कै’को पाइरेसी युटुबमा छ्याप्तछ्याप्ती भएपछि फिल्म रिलिज

गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ पाइरेसी भएपछि हतार हतारमा युटुबमा रिलिज गरिएको छ । केहि हप्ता देखि चलचित्र ‘छ माया छपक्कै’ बिभिन्न नामको युटुबमा रिलिज गरिएको छ । रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रले बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो ।

केदार घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको चलचित्र ‘छ माया छपक्कै’ पाइरेसी भएपछि हतार सार्वजनिक गरिएको चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले हामीलाई जानकारी दिएका छन् । दीपकले चलचित्रको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि यसको निर्माणपक्षले हतारमा चलचित्र रिलिज गरेको हो ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

Namaste Filmy

Read Previous

आर्यन र उपासनाको‘डिसेम्बर फल्स’ सुटिङ नहुदै अष्ट्रेलिया राइट बिक्रि

Read Next

यशको ‘केजीएफ : च्याप्टर २’ जुलाई ३० मा रिलिज हुने