यशको ‘केजीएफ : च्याप्टर २’ जुलाई ३० मा रिलिज हुने

अभिनेता यश अभिनित बहुप्रतिक्षीत चलचित्र ‘केजीएफ : च्याप्टर २’ रिलिज मिति तय गरिएको छ । अब चलचित्र जुलाई ३० अर्थात साउन १५ गतेबाट रिलिज हुँदैछ ।

एक्सन थ्रिलर सिनेमा ‘केजीएफ’ सुपर हिट भएको थियो । ‘केजीएफ २’ हेर्न दर्शकहरु लामो समय देखि प्रतिक्षा गरिरहेका छन् । यस चलचित्रमा यशसंगै संजय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टी लगायतका कलाकारको अभिनय छ । प्रशान्त निल निर्देशित सिनेमा हिन्दी, तमिल, तेलुगु र मल्यालम गरी पाँच भाषामा रिलिज गरिनेछ ।

कोरोना महामारी पछि ओटीटी प्लाटफर्ममा रिलिज हुने भनिएको सलमान खानको ‘राधे’ वितरकको आग्रहमा २०२१ इदको अवसर पारेर मे १२ मा रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

‘छ माया छपक्कै’को पाइरेसी युटुबमा छ्याप्तछ्याप्ती भएपछि फिल्म रिलिज

Read Next

दिपक श्रेष्ठको ‘घिन्ताङ’मा गौरव पहाडी र एलिजा गौतमको जोडी