अभिषेकले भने- 'हो म डिभोर्स लिदैछु' ।

[dropcap]के[/dropcap]हि दिनयता बलिउड स्टारद्धय एैश्वर्या राय र अभिषेक बच्चनको दाम्पत्य जीवनमा खटपट भइरहेको कुरा विभिन्न मिडियाहरुमा आइरहेका छन । यस्तो समाचारले पुरै बलिउड तताइरहेको बेला जुनियर बच्चन अभिषेकले एक सनसनीपुर्ण अभिब्यक्ति दिएका छन ।abhisek aiswaryaउनले ट्वीट गर्दै उक्त भनाई सार्वजनिक गरेका हुन । उनले आक्रोशित हुदै लेखेका छन- ‘हो म मान्छु कि मैले डिभोर्स लिदैछु । धन्यवाद यो कुरा मलाई जानकारी गराइदिएकोमा । अब यो पनि भन्दिनुस कि म दोस्रो विवाह कहिले गर्छु ?’
यो भनाइबाट अभिषेकले सम्पुर्ण समाचारहरु गलत भएको पुष्टि गरेका छन । उनका अनुसार आफुहरुको दाम्पत्य जीवन सुन्दर रहेको बुझिन्छ । यता कयौ दिन देखि ऐश र अभिषेकको सम्बन्धमा खटपट भैरहेको र डिभोर्स हुन सक्ने हल्लाहरु चलिरहेको थियो । यसबारेमा ऐश्वर्या रायले भने कुनै टिप्पणी गरेका छैनन । स्मरण रहोस  ऐश र अभिषेकको केहि बर्ष पहिले विवाह भएको थियो । उनीहरुको एक छोरी आरध्य पनि रहेकि छिन । पछिल्लो समय ऐश फिल्ममा फर्किने तरखरमा रहेकि छिन ।

Namaste Filmy

Read Previous

'बक्सअफिस अवार्ड'मा रेखा र जीवन उत्कृष्ट नायक नायिका ।

Read Next

मन्त्रीको निर्णय बिरुद्धमा सर्वोच्च पुगे युवराज लामा ।