

सविन अधिकारीको निर्देशन रहेको चलचित्र ‘गणपति’को छायांकन सुरु गरिएको छ ।बिहिबार तनहुँको बन्दीपुर गाउँपालिका थारुवासबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रको अधिकांश दृश्यको छायांकन बन्दिपुरमा नै हुनेछ ।

चलचित्रमा मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहने छ । चलचित्रमा मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।
अधिकारीको चलचित्रमा कथा, पटकथा तथा संवाद छ । चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी छ । यो चलचित्रले भगवान र मानिसविचको फरक देखाउनेछ । चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी रहनेछ । निर्देशक अधिकारीले चलचित्रले धर्मको प्रचार नगर्ने बताए ।
