बलिउड नायक वरुण धवन र नताशा दलालले गरे बिहे

बलिउड नायक वरुण धवन बैबाहिक जीवनमा बाँधिएका छन् ।वरुणले फेसन डिजाइनर नताशा दलालसग आइतबार मुम्बईमा विवाह गरेका हुन् ।बरुण र नताशा लामो समयसम्म प्रेममा रहेका थिए । उनीहरुको बिहेको चर्चा गतबर्ष नै चलेपनि कोरोना कारण स्थगित भएको थियो ।

बिहे पछि वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।

विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाए । यसबाहेक लड्डु पनि पठाइयो । फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जान सक्छन् ।

Namaste Filmy

Read Previous

मेलिना राई र गोविन्द पंगेनीको स्वरमा “बैमानी छौकी छैनौ बाइ”को भिडियो सार्वजनिक

Read Next

राम चरण,एनटिआर,अजय र आलिया अभिनित आरआरआर दशैंमा रिलिज हुने