बले र प्रिज्मा प्रिन्सी अभिनित ‘आएन चाइनाको रेल’को भिडियो सार्वजनिक

हास्यकलाकार सागर लम्साल बले र टिकटकमा भाईरल भएका ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘आएन चाइनाको रेल’ बोलको गीतको म्युजिक भिडियो सागरको अफिसीयल युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘आएन चाइनाको रेल’ बोलको गीतमा हरि गिरी ’ बिमर्शी’ र बबिना किरातीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत हरि गिरी’ बिमर्शी’ को रहेको छ । गीतमा कृष्ण भान्जाको संगीत संयोजन सुकुराम रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

गम्भीर विष्टको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।गीतको भिडियो बलेले आफ्नै लगानीमा भिडियोको निर्माण गरेको हुन् ।

Namaste Filmy

Read Previous

बलिउडकाअभिनेता सैफ अली खान देखि डिम्पल कपाडियासम्म गिरफ्तार हुन सक्ने

Read Next

पाइरेसीको मारमा परेपछि चलचित्र ‘आमा’ युट्युबमा रिलिज