मन्त्रीको निर्णय बिरुद्धमा सर्वोच्च पुगे युवराज लामा ।

[dropcap][/dropcap]त शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव पदबाट बर्खास्त हुन पुगेका फिल्मकर्मी युवराज लामा सर्वोच्च अदालत पुगेका छन् । आइतबार आफुसंगै बर्खास्तमा परेका अन्य ५ जनाको पुनःबहालीको माग राख्दै उनी अदालत पुगेका हुन् । लामा राष्ट्रिय खेलकुद परिषदका शुभेच्छुक र समर्थकको र्यालीसहित सर्वोच्च अदालत पुगेका थिए ।Yuvaraj_lamaअदालत जानुअघि राष्ट्रिय खेलकुद परिषदमा पत्रकार सम्मेलनको आयोजना गर्दै लामाले पूर्वाग्रहको आधारमा आफुहरुलाई राखेपबाट हटाइएको बताए । उनले कुनै एक समुह र विचारको वकालत गर्दै खेलकुद मन्त्री पौडेल लागेको आरोप लगाउँदै उनको यो चाहना पुरा हुन नदिने दाबीसमेत गरे । लामाले पत्रकार सम्मेलनमा आफ्नो ३५ महिने कार्यकालमा खेलकुद विकासमा उल्लेख्य सुधार गरेको दावी गर्दै पौडेल मन्त्रीमा आउने वित्तिकै राजनीति भित्राएको बताए ।
गत शुक्रबार लामासहित अन्य ५ जनालाई नियुक्तीे अबधि सकिएको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बर्खास्त गरेका थिए । मन्त्री  पौडेलले आफुहरुलाई गैर कानुनी ढंगले बर्खास्त गरेप्रति लामाको आक्रोश छ ।

10347500_721739644550060_5640415627145656292_n
खेलकुद विकास ऐन २०४८ अनुसार सदस्यसचिवको कार्यकाल चार वर्षको हुने भए पनि लामालाई त्यसपहिले शुक्रबार नै बर्खास्त गरिएको थियो ।
२०६८ साल जेठ २७ गते राखेपमा नियुक्त भएका लामाले आफनो कार्यकाल २०७२ साल जेठ २६ गतेसम्म रहने भन्दै पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेका हुन ।

यो पनि पढनुहोस :

चलचित्रकर्मी युवराज लामालाई राखेप बाट हटाइयो ।

Namaste Filmy

Read Previous

अभिषेकले भने- 'हो म डिभोर्स लिदैछु' ।

Read Next

नवनिर्वाचित प्रधानमन्त्री मोदी र बलिउडबीचको सम्बन्ध ।