पाइरेसीको मारमा परेपछि चलचित्र ‘आमा’ युट्युबमा रिलिज

पछिलो समय नेपाली चलचित्रको पाइरेसीको मारमा परेपछि धमाधम युटुबमा रिलिज गर्न थालिएको छ ।केहिसमय गहि दीपक दीपाको चलचित्र ‘छ माया छपक्कै’ पाइरेसीको मारमा युटुबमा रिलिज गरिएको थियो ।यस्तै मारमा चलचित्र ‘आमा’ परेको छ ।

पाइरेसीको मारमा परेपछि दीपेन्द्र के खनालको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । यो चलचित्रलाई दर्शक र समिक्षकले निकै रुचाएका थिए । चलचित्रको विदेश प्रदर्शन पनि बाँकी नै थियो । तर, यो चलचित्र पाइरेसीको मारमा परेपछि युटुबमा रिलिज गरिएको हो ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डेले लगानी गरेकी थिइन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, अशान्त शर्मा, अस्मिता खनाल र सुदीप खड्का लगायतका कलाकारको अभिनय छ ।

सन्तोष अधिकारी सह-निर्माता रहेको ‘आमा’लाई स्वयम निर्देशक खनालले नै छायांकन गरेका हुन् । सवास भुषालको संगीत, भुपेनद्र खड्काको गीत रचना, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, निरज कँडेलको क्यामेरा एसोसियट, दिर्घ खड्काको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

बले र प्रिज्मा प्रिन्सी अभिनित ‘आएन चाइनाको रेल’को भिडियो सार्वजनिक

Read Next

क्रिकेट रंगशालामा माघ २४ मा कलाकारहरु बीच ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट हुदै