प्रवेश पौडेलको ‘बिहे पास’मा दयाहाङ राई र प्रकृति श्रेष्ठ

कोरोनाले लामो समय बन्दा रहेको चलचित्र छायांकनले बिस्तारै पुरानो ठाउमा फर्किदै छ ।समाजीक बिषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् । आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ । सामाजीक बिषयमा प्रचुर मात्रामा हास्यरस मिसाएर निर्माण गरिन लागीएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ ।

Namaste Filmy

Read Previous

क्रिकेट रंगशालामा माघ २४ मा कलाकारहरु बीच ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट हुदै

Read Next

किशोर खतिवडा र सविता रेग्मी अभिनित फिल्म’सिर्जना’को हेटौंडामा छायांकन हुदै