ओस्कार अवार्ड विजेता हलिउड अभिनेता फिलीप हाफमैनको आइतबार निधन भएको छ । न्युयोर्कको एक अपार्टमेन्ट मा ४६ बर्षीय यी अभिनेताको शव भेटिएको हो । उनको शवसंगै एक इन्जेक्सन र प्याकेट भेटीएकोले सो हेरोइन हुन सक्ने आशंका गरिएको छ । हाफमैनले सन २००५ मा सावोत्कृष्ट अभिनेतातर्फ ओस्कार जितेको थियो ।