किशोर खतिवडा र सविता रेग्मी अभिनित फिल्म’सिर्जना’को हेटौंडामा छायांकन हुदै

अभिनेता किशोर खतिवडा र सविता रेग्मीको मुख्य भुमिका रहेको सिनेमा ‘सिर्जना’को हाल मकानपुर  जिल्लाको विभिन्न स्थानमा धमाधम छायाँकन भैरहेको छ । २५ प्रतिशत छायांकन सकिसकेको सिनेमाको माघ १० गते हेटौंडामा शुभमुर्हुत गरिएको थियो ।

सिनेमामा सविताले सिर्जनाको भुमिका निवार्ह गरेकी छन्, भने अभिनेता खतीवडा उनको पतीको भुमिकामा देखिनेछन् । सिर्जनामा विरेन डिसी र पर्खाया बानियाँ, रामचन्द्र अधिकारी, रमेश अधिकारीलगायतका कलाकारहरुले अभिनय गर्दैछन् ।

सामाजिक कथाबस्तुमा निर्माण भइरहेको सिनेमालाई बाबु थिङले निर्देशन गरिरहेका छन् । सन्ध्या शाहको लगानी रहेको सिनेमा क्रियसन स्टुडियो प्रालिको व्यानरमा निर्माण भइरहेको छ । सिनेमामा बिकास चौधरीको संगीतको, सुनिल सिंहको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन रहनेछ ।

Namaste Filmy

Read Previous

प्रवेश पौडेलको ‘बिहे पास’मा दयाहाङ राई र प्रकृति श्रेष्ठ

Read Next

निर्देशक राजु अधिकारीको ‘डेराको जिन्दगी’ वेवसिरिजको सुटिङ सुरु