निर्देशक राजु अधिकारीको ‘डेराको जिन्दगी’ वेवसिरिजको सुटिङ सुरु

निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक वेवसिरिजको सुटिङ सुरु गरेका छन । देशका बिभिन्न स्थानबाट आइ काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना,संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथालगायतका बिषय उठान गरिएको सिरिजको सोमबार भद्रकाली मन्दिरमा शुभमुर्हतसँगै छायांकन थालिएको हो ।

मन्सा मन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह छन् । हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल,सुयोग्य श्रेष्ठ,निक शर्मा,रिया श्रेष्ठ,संजिता भण्डारी,सान अधिकारी,राजाराम गौतम, ,सोनी बिक, सूर्यकला दाहाल,गोकुल सुवेदी,सपना श्रेष्ठ,बिन्दिया शाही,शिवन लामा,सरोज दाहाललगायत बालकलाकार अरुण कालीराजले अभिनय गर्दैछन् ।

५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी एसोसिएट डिरेक्टर रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायाकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै मन्सा मन्शी क्रियशनको युट्युवमार्फत दर्शकमाझ ल्याइने जानकारी निर्देशक अधिकारीले दिएका छन् ।

Namaste Filmy

Read Previous

किशोर खतिवडा र सविता रेग्मी अभिनित फिल्म’सिर्जना’को हेटौंडामा छायांकन हुदै

Read Next

बलिउड नायिका श्रद्धा कपूरले नेपाली चर्चित फोटोग्राफर रोहन श्रेष्ठसग बिहे गर्ने तयारीमा