

चर्चित नायक पल शाह र नायिका कविता राए अभिनित म्युजिक भिडियो “तिमि छौ र “सार्वजनिक भएको छ ।कमल खत्री र अश्मिता अधिकारीको आवाज रहेको यस गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ ।

चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतलाई हरि हुमांगाईले निर्देशन गरेका हुन् । हाल छायांकन भईरहेको चलचित्र ” चोर र पुलिस” मा नायिकाको भूमिका निभाईरहेकी कविताले सिनेमाको छायांकनमा ब्रेक लिएर यस म्युजिक भिडियोलाई समय दिएको र समयको राम्रो सदुपयोग भएको उनले बताईंन ।
सार्वजनिक भएको यस गीतबाट अबको निकट दिनमा पल संग सुहाउने जोडीमा कविता पनि राम्रै नम्बरमा पर्ने यस भिडियो बाट पक्का भएको छ ।
गायक कमल खत्रीको शब्द ,संगीत र आवाज रहेको यस गीतले नेपाली सांगीतिक आकाशमा राम्रै स्थान पाउने पक्का देखिन्छ । सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा गीतले राम्रै दर्शक श्रोताको साथ् पाएको छ । गीतलाई कमल खत्रीको आफिसिएल युटुब च्यानल कमल खत्री बाट सार्वजनिक गरिएको छ ।
