अमेरिकाका पूर्व राष्ट्रपति ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बनाउने

अमेरिकी पुर्ब राष्ट्रपति बाराक ओबामाको कम्पनी हाइअर ग्राउन्डस् प्रडक्सनले नेटफ्लिक्ससँग मिलेर नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बनाउने भएको छ । हाइअर ग्राउन्डस्ले शनिबार एक साथ ६ वटा फिल्म तथा सिरिजको घोषणा गर्दै तेन्जिङको जीवनीमा पनि फिल्म बनाउने घोषणा गरेको हो । फिल्मको नाम ‘तेन्जिङ’ रहने जनाइएको छ ।

तेन्जिङले न्युजिल्यान्डका एडमन्ड हिलारीसँग मिलेर सन् १९५३ मा पहिलो पल्ट सगरमाथा आरोहण गरेका थिए । उनको आरोहणसँगै उनको जीवनीका विविध पक्ष समेटी लेखिएको पुस्तक ‘तेन्जिङ ः हिरो अफ एभरेस्ट’मा आधारित रही फिल्म तयार हुनेछ ।

फिल्मलाई जेनिफर पेडमले निर्देशन गर्नेछिन् । जेनिफरले यसअघि सन् २०१३ मा भएको खुम्बु आइसफललाई केन्द्रमा राखेर ‘शेर्पा’ शीर्षकको डकुमेन्ट्री बनाएकी थिइन् । यसबेला १६ जना शेर्पाको ज्यान गएको थियो ।

तेन्जिङमाथि बन्ने फिल्मलाई ‘लायन’ लेख्ने अष्ट्रेलियन लेखक लुक डेभिसले लेखिरहेका छन् । जेनिफर र लुक फिल्मका निर्माता पनि हुन् । फिल्मको निर्माणमा अमेरिकाको सनफ्रान्सिस्कोमा बसोबास गर्ने तेन्जिङका छोरा नोर्बु तेन्जिङ नोर्गेको पनि सहभागिता रहनेछ ।

नोर्बु फिल्ममा कार्यकारी निर्माताको भूमिकामा रहने नेटफ्लिक्सले जनाएको छ । ओबामा दम्पतीले सन् २०१८ मा फिल्म तथा सिरिज बनाउने उद्देश्यसहित प्रडक्सन कम्पनी खोलेका थिए ।

 

समाचार : इकागज

Namaste Filmy

Read Previous

कमल खत्रीको “तिमि छौ र “पल शाह र कविता राएको रोमान्स(भिडियो)

Read Next

‘चुरीफुरी’ मा तीन हिरोइनसँग रोमान्स गर्दै अभिषेक