नवनिर्वाचित प्रधानमन्त्री मोदी र बलिउडबीचको सम्बन्ध ।

[dropcap]भा[/dropcap]रतमा सम्पन्न लोकसभाको चुनावबाट भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याई भाजपाका नरेन्द्र मोदी प्रधानमन्त्री चुनिएका छन । चुनावमा भाजपा ले २८२ सीट प्राप्त गरेका थिए भने कांग्रेसलगायत विभिन्न दल हरु अत्यन्त कम सीटमा विजयी हुदै पाखा लागे । कतिपय दलहरुले खातासमेत खोलेनन । यसरी भाजपा ले स्पष्ट बहुमत ल्याउनुमा बलिउडको पनि महत्वपुर्ण भुमिका रहेको छ । bollywood celrbs1बलिउडका कयौ स्टार हरुले भाजपाका तर्फबाट चुनाव लडेर जीत पनि हासिल गरेका छन । यसरी भाजपाका लागी जीत दिलाउनेहरुमा हेमा मालिनी, किरण खेर, शत्रुघन सिन्हा, विनोद खन्ना, बाबुल सुप्रियो, परेश रावल, बप्पी लाहिरी, मनोज तिवारी लगायतका रहेका छन । यसअघि पनि बलिउडका विभिन्न स्टारहरु चुनाव लडेर जीत हासिल गर्दै आइरहेका थिए । चुनावमा  आफनो आफनो क्षेत्रबाट सीट जित्ने बलिउड स्टारहरुलाई अहिले बधाईको ओइरो नै लागेको छ । यसरी भाजपाका तर्फबाट चुनाव लडने बलिउड स्टारहरु एकाएक साांसद बनेका छन ।
त्यसो त नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी पनि बलिउडसंग निकै निकट रहदै आएका थिए । उनी बेलाबेलामा बलिउडका विभिन्न स्टारहरुसंग भेटघाट गर्दथे ।narendra modi with bollywoodत्यस्तै बलिउडका कयौ स्टार पनि नरेन्द्र मोदीका फ्यान हुन । सलमान खान देखि रजनीकान्तसम्मका स्टाहरु नरेन्द्र मोदीलाई सम्मान गर्दछन । प्रधानमन्त्री निर्वाचित भएपछि मोदीलाई कयौ बलिउड फिल्मकर्मीहरुले ट्वीट गर्दै बधाइसमेत दिएका छन । हेमा मालिनी, मधुर भंडारकर, प्रीति जिंटा, अनुपम खेर, चित्रांगदा सिंह, हंसल मेहता, सोहा अली खान, विवेक ओबरॉय, अमृता पुरी, अभिषेक कपूर, पुनीत मल्होत्रा, सोफी चौधरी, विशाल ददलानी, रणवीर शौरी, आशा भोसले  लगायतले उनलाई बधाई दिएका हुन ।

Namaste Filmy

Read Previous

मन्त्रीको निर्णय बिरुद्धमा सर्वोच्च पुगे युवराज लामा ।

Read Next

शुभेच्छा भन्छिन- 'रिलिज डेट कुनै पनि हालतमा सार्दिन' ।