शिव परियारको स्वरमा ’जिन्दगी तिम्रो र मेरो गीत’को भिडियो सार्वजनिक

लोकप्रिय गायक शिव परियारको स्वरमा  नया गीत ’जिन्दगी तिम्रो र मेरो गीत’ को भिडियो सार्वजनिक गरिएको छ । फेब्रुअरी १४ अर्थात् प्रणय दिवसको अवसर पारेर प्रेमिल गीतमा शिव सगै बानीका प्रधानको स्वर रहेको छ ।सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द , दीपक सिलवालको संगीत रहेको छ।

माया गर्नेहरुका लागि समर्पित गरिएको गीतको शब्दले प्रेमभाव व्यक्त गर्छ । गीतमा दुइ पुस्ताको प्रेम दुनियालाई देखाईएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल , इन्जामम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन ।

भिडियोलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भाव अनुसार तयार गर्ने कोसिश गरेको निर्देशक भट्टराईले बताए । ’हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ ’ निर्देशक भट्टराईले भने ,’गीतमा दुइ पुस्ताको प्रेम प्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनि कोरियोग्राफीलाई शब्दको भाव अनुसारनै सरल किसिमले प्रस्तुत गरेको बताइन ।

गीतमा पासांग टि शेर्पाको आर्ट निर्देशन , महेश पौडेलको डिओपी , कृष्ण भण्डारीको कलर करेक्सन , दिर्घ खड्काको सम्पादन , रिवाज कार्कीको भिएपएक्स रहेको छ ।

Namaste Filmy

Read Previous

ओम सुनार र एलिना चौहानको ‘फूल भन्दा’मा प्रियंका कार्की र बिकेश शाही (भिडियो)

Read Next

राजकुमार राव र जाह्नवी कपूर अभिनित फिल्म ‘रुही’को ट्रेलर सार्वजनिक (भिडियो)