राजकुमार राव र जाह्नवी कपूर अभिनित फिल्म ‘रुही’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता राजकुमार राव र जाह्नवी कपूर अभिनित सिनेमा ‘रुही’को ट्रेलर सार्वजनिक भएको छ । हार्दिक मेहताले निर्देशन गरेको रुही हरर–कमेडी सिनेमा हो ।

जाह्नवीले रुहीको भुमिका निभाएकी छन् । उनी एक प्रेतात्माको कब्जामा छिन् । त्यस्तै, राजकुमार रुहीको प्रेमीको भुमिकामा देखिएका छन् । उनी रुहीको शरिरबाट प्रतात्मा भगाउने प्रयासमा छन् । सिनेमामा राजकुमार र जाह्नवीसँगै वरुण शर्माको पनि मुख्य भुमिका रहेको छ ।

रुहीलाई दिनेश विजनले निर्माण गरेका हुन् । जसले पहिला हरर–थ्रिलर सिनेमा ‘स्त्री’ बनाएका थिए । ‘स्त्री’मा राजकुमार राव र श्रद्धा कपूरले मुख्य भुमिका निभाएका थिए । रुही ११ मार्चमा प्रर्दशन हुँदैछ ।

Namaste Filmy

Read Previous

शिव परियारको स्वरमा ’जिन्दगी तिम्रो र मेरो गीत’को भिडियो सार्वजनिक

Read Next

प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिकामा फिल्म ‘प्रकाश’को घोषणा