प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिकामा फिल्म ‘प्रकाश’को घोषणा

निर्देशक दिनेश राउतको निर्देशनमा बन्ने नया चलचित्रको घोषणा भएको छ ।मंगलबार एक कार्यक्रमका बीच फिल्म ‘प्रकाश’ निर्माण घोषणा गरिएको हो ।

अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने फिल्म फागुनको दोस्रो साताबाट छायाँकनमा निस्कँदैछ । धनगढीकी रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

फिल्ममा प्रदीप र रेनुको अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहनेछ । विकास सुवेदीको कथा रहेको फिल्म बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहनेछ ।

Namaste Filmy

Read Previous

राजकुमार राव र जाह्नवी कपूर अभिनित फिल्म ‘रुही’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु