शुभेच्छा भन्छिन- 'रिलिज डेट कुनै पनि हालतमा सार्दिन' ।

[dropcap][/dropcap]उदो शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म ‘मिस नेपाल’ को रिलिज डेट पुन सर्न सक्ने सम्भावना देखिएको छ । यसअघि पनि फिल्मको रिलिज मिति पटकपटक सारिसकेका छन । गत बर्ष नै रिलिज हुने भनिएको फिल्मको रिलिज मिति सार्दै सार्दै यो बर्षको जेठ आइपुग्दा पनि अझै रिलिज मिति सार्न लागिएको हो ।miss nepal फिल्मको बितरक करण श्रेष्ठले फिल्मको बजार ठिक नभएको भन्दै रिलिज मिति एक हप्ता पछाडि सार्न खोजिएको बताए । उनले फिल्मको रिलिज डेट सर्ने कन्फर्म भन्दै जेठ १६ गतेबाट ‘मिस नेपाल’ चल्ने बताएका छन । तर ‘मिस नेपाल’कि निर्मात्री तथा नायिका शुभेच्छा थापाले फिल्मको रिलिज कुनै पनि हालतमा सार्न नसकिने बताइन । यसअघि नै पटकपटक सारिसकेकाले अब रलिज डेट सार्दा दर्शहरुलाई समेत बोर लाग्ने उनको भनाई छ । शुभेच्छाले बितरक श्रेष्ठ माथी सम्पुर्ण कामको जिम्मा दिएको बताउदै श्रेष्ठले नै हल मिलाएर प्रदर्शनको चांजोपांजो मिलाउनुपर्ने बताइन । तर श्रेष्ठ झन रिलिज मिति नै सार्नतर्फ लागेकोमा उनको असहमति थियो । यहि बिषयलाई लिएर थापा र श्रेष्ठ बीच सामाजिक सञ्जालमा जुहारीसमेत चलेको छ ।
शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्मलाई सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन । फिल्म यसअघि पनि विभिन्न झमेलामा फसिसकेका छन ।

Namaste Filmy

Read Previous

नवनिर्वाचित प्रधानमन्त्री मोदी र बलिउडबीचको सम्बन्ध ।

Read Next

बीस करोड कमाउन पान मसला बेच्दै शाहरुख खान ।