गायिका अन्जु पन्तले विवाह गरिन्

गायिका अन्जु पन्तले द्रोस्रो विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ ।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् ।

केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको बुझिएको छ । आफूहरूबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थितिमा विवाह गरेको थिरको भनाइ छ ।

Namaste Filmy

Read Previous

करिना कपूर र सैफ अली खानले जन्माए दोस्रो सन्तान

Read Next

राजनितिक विकृतिमाथि कडा प्रहार गर्दै मार्मिक गीत ‘दल र देश’ (भिडियो)