बीस करोड कमाउन पान मसला बेच्दै शाहरुख खान ।

[dropcap][/dropcap]लिउड इतिहासमा शाहरुख खान अत्यन्त कठोर संघर्ष र मिहेनतले अहिले यो स्थानमा छ । फिल्ममा आउनुअघि उनले कयौ दुखहरु भोगेका छन । त्यहि दुख किङ खानको जीन्दगीमा फेरी फर्किएको छ । उनले २० करोड कमाउनको लागी पान मसला बेच्न तयार भएका छन । 19_05_2014-19shahrukhतर उनले वास्ताविकतामा नभई एक पान मसाला को विज्ञापनमा पान बेच्नेछन । जसबापत खानले २० करोड रुपैया पारिश्रमिक पाउने भएका छन । एक चर्चित पान मसाला कम्पनीले खानलाई यो महंगो डिलको अफर गरेको हो । कम्पनीको ब्राण्ड एम्बेसेडर बने बापत शाहरुखलाई २० करोड पारिश्रमिक दिइने कम्पनीले जनाएको छ । यस अफरको बारेमा शाहरुख पनि सकारात्मक रहेको बताइन्छ । अब छिट्टै औपचारिक रुपमा एग्रीमेन्ट गरी बिज्ञापन छयांकनमा लाग्ने कम्पनी स्रोतको भनाई छ । विज्ञापनमा शाहरुख एक साधारण गरिब मानिसको रुपमा देखिनेछन । आफ्नो मिहेनत र श्रमले पछि गएर उनी करौडौको मालिक भएको दृश्य देखाइनेछ ।
विज्ञापनको लागी यसअघि अरु नै बलिउड सेलेब्रेटी लिइने योजना थियो । तर पछि शाहरुख नै यो रोलमा फिट हुने देखेर उसैलाई अफर गरेको कम्पनीले बताएका छन ।
शाहरुख यसअघि पनि कयौ विश्वविख्यात ब्राण्डहरुको ब्राण्ड एम्बेसेडरको रुपमा रहेका छन ।

Namaste Filmy

Read Previous

शुभेच्छा भन्छिन- 'रिलिज डेट कुनै पनि हालतमा सार्दिन' ।

Read Next

सोमबारबाट खिचियो 'कान्छी मट्याङ ट्याङ' ।