‘फटाहा फणिन्द्रे’मा बुद्धि तामाङ र रवि डंगोल भित्रिए

फिल्म ‘फटाहा फणिन्द्रे’मा बुद्धि तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धि र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए । यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए । फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो ।

सुनिल मानन्धर प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् ।फिल्ममा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ ।

उत्तम केसीको कथा रहेको फिल्ममा पटकथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्म चैत्रको पहिलो साताबाट छायाँकन निस्कँदैछ ।

Namaste Filmy

Read Previous

कालीप्रसाद बासकोटा र अस्मिता अधिकारीको स्वरमा ‘मैना’को भिडियो सार्वजनिक

Read Next

रामकृष्ण ढकालको स्वरमा “मान्छे किन जन्मन्छ” सार्वजनिक