नायक तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी

नायक तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रधानले शाह बिरुद्ध निवेदन दिएपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । प्रधानले म्युजिक भिडियो सुटिङका लागि धरान आएका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको बताए । प्रधानले होटल ज्वाई खानामा शाहले ८–१० जनाको टोली नै बोलाएर आफु माथी कुटपिट र दुव्यर्वहार गरेको आरोप लगाएका छन् । प्रधानले कार्यक्रमका विषयमा छलफल गर्दा शाहले दुव्र्यवहार गर्दै त्यहीँबाट ८–१० जना केटाहरु बोलाएर दुव्र्यवहार र कुटपिट गरेको आरोप लगाएका छन् ।

उनले शाहको निर्देशनमा आएका ८–१० जना केटाहरुको समुहले आफुलाई चिनेका कारण पछि हटेको बताए । शाहको नेतृत्वमा आफूमाथि आक्रमण भएपछि प्रहरीमा उजुरी गरेको बताए । प्रधानले म्युजिक भिडियोको सुटिङका लागि शाह आएको बताउदै लोकेशन हेर्नेदेखि सबै विषयमा आफुले सहयोग गरेको भएपनि पछि आफुलाईनै आक्रमण भएपछि प्रहरीमा उजुरी दिएको बताए । शाहले उक्त ठाउँको म्युजिक भिडियोको सुटिङ भने बिहीबार नै सकिसकेका छन् ।

उता नायक पल शाहले भने प्रधानले बरु आफूमाथिनै दुर्व्यवहार गरेको बताएका छन् । प्रधानले आफु विरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको आफुले थाहा पाएको बताए । उनले आफुहरु म्यूजिक भिडियो छायांकनका लागि धरानमा रहेको बताउदै खाना खाने क्रममा प्रधानले आफुलाई र सहयोगी कृष्णप्रसाद जोशीलाई दुव्र्यवहार गरेको बताए ।

प्रधानले एउटा कार्यक्रमका लागि आफुलाई जानुपर्छ भनेपछि म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भन्दा उल्टै दुव्र्यवहार भएको शाहले बताए । प्रधानले औला ठड्याएरनै यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै दुव्र्यवहार गरेको शाहको भनाइ छ । प्रधानको दुव्र्यवहार देखेपछि आफ्नो म्यानेजर कृष्णले तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए तर आफुलाई प्रधानले उल्टै औंला देखाएर पिट्न खोजेको शाहले बताए ।

त्यही बेला सोही बिषयमा कृष्ण र अरुणविच धकेलाधकेल पनि भएको बताउदै शाहले सामान्य विवाद भएपछि हामी अर्को टेबलमा खाना खान गएको तर उता होटलका वोइटरहरुले आफ्नो धरानको बेष्ट फ्रेन्डलाई फोन गरेर बोलाएको २–३ जना साथीहरु आएपछि थाहा पाएको बताए । आएका साथीहरुले के भयो भनेर सोधेको भएपनि आफुहरु त्यहाँबाट निस्केको बताए । तर त्यसलाई प्रधानले ठुलो इस्यु बनाएको बताए ।

कुनै पनि कार्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको बताउदै शाहले हरेक एक व्यक्तिले अर्को ब्यक्तिलाई सम्मान गर्न आवश्यक रहेको बताए । आफुहरु धरानमा आफ्नो कामका लागि आएको बताउदै शाहले आफु कुनै ठाउमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा जाने वा नजाने आफ्नो व्यक्तिगत कुरा भएको बताए । आफुले म्यानेजरसँग कुरा गर्न भन्दा उल्टै ठूलो भएको, घमण्डीपना देखाएको भन्दै दुव्र्यवहार गर्न खोज्नु उचित नभएको शाहको भनाई छ ।

Namaste Filmy

Read Previous

रामकृष्ण ढकालको स्वरमा “मान्छे किन जन्मन्छ” सार्वजनिक

Read Next

जोन अब्राहम र इमरान हाशमी अभिनित ‘मुम्बई सागा’को ट्रेलर सार्वजनिक (भिडियो)