जोन अब्राहम र इमरान हाशमी अभिनित ‘मुम्बई सागा’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड चलचित्र ‘मुम्बई सागा’को ट्रेलर सार्वजनिक भएको छ । ग्याङस्टारको कथामा आधारित चलचित्र ‘मुम्बई सागा’मा जोन अब्राहम र इमरान हाशमीको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा जोन अब्राहम गुन्डाको रुपमा प्रस्तुत भएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन् । ट्रेलरमा दुवैबीचको टक्करलाई देखाइएको छ । जोन र इमारानसँगै प्रतिक बब्बर, ज्याकी श्राफ, रोनित रोय, सुनिल शेट्टी, गुलशन ग्रोवर र काजोल अग्रवालको पनि चलचित्रमा अभिनय रहेको छ ।

चलचित्र ‘मुम्बई सागा’मा सञ्जय गुप्ताको लेखन तथा निर्देशन रहेको छ । भूषण कुमार र कृष्ण कुमारको लगानी रहेको या चलचित्र मार्च १९ अर्थात चैत्र ६ गते देखि प्रदर्शन हुँदैछ ।

Namaste Filmy

Read Previous

नायक तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी

Read Next

फिल्म ‘कबड्डी ४’को निर्माण घोषणा