पुष्प र श्रद्धा अभिनित ‘कृष्ण–लीला’ को ‘डियर बन्न मन छ मलाई..’गीत सार्वजनिक (भिडियो)

चैत्र २७ मा प्रदर्शन हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रबार सार्वजनीक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी जमेर नाचेका छन् । नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन ।

दीपक ओली निर्देशीत फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनीक गरिएको थियो । सो गीतले एघार लाख बढी भ्यु पाइसकेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो ।

नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्र,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर नै गर्दैछ ।

Namaste Filmy

Read Previous

फिल्म ‘आँधी तुफान २’ निर्माणको घोषणा

Read Next

प्रताप दास र वेनिशा पौडेलको ‘यस्तो माया’पल शाह र उषा उप्रेती