प्रताप दास र वेनिशा पौडेलको ‘यस्तो माया’पल शाह र उषा उप्रेती

गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ ।सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अथाहा प्रेम र समर्पणलाई बोलेको छ ।

गीतको भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् । पल र उषाको जोडी भिडियोमा गज्जबले सुहाएको छ ।

Namaste Filmy

Read Previous

पुष्प र श्रद्धा अभिनित ‘कृष्ण–लीला’ को ‘डियर बन्न मन छ मलाई..’गीत सार्वजनिक (भिडियो)

Read Next

अनमोल केसी र सुहाना थापा अभिनित ‘ ए मेरो हजुर ४ ‘भदौ १८ मा रिलिज हुने