अनमोल केसी र सुहाना थापा अभिनित ‘ ए मेरो हजुर ४ ‘भदौ १८ मा रिलिज हुने

अनमोल केसी र सुहाना थापा अभिनित बहु चर्चित चलचित्र ‘ ए मेरो हजुर ४ ‘को प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमले सोमबार एक पोस्टर सार्वजनिक गर्दै भदौ १८ गते चलचित्र रिलिज गर्ने जानकारी छ । चलचित्रको प्रदर्शन मिति तीजको छेको पारेर तय गरिएको हो

चलचित्र ‘ ए मेरो हजुर ४ ‘लाई झरना थापाको निर्देशन गरेकी हुन् । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँधेका छन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।निर्देशक झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् ।

कोरोना महामारीका कारण छायांकन रोकिएको रोकिएको’ ए मेरो हजुर ४ ‘कार्तिक १ गतेबाट पुनः छायांकन थालिएको थियो ।चलचित्रको
तेस्रो चरणको छायांकन फागुन २७ गतेबाट सुरु हुँदैछ । निर्माण टिमका अनुसार ‘ए मेरो हजुर ४’को केही सिन र गीतको छायांकन मात्र बाँकी छ ।

Namaste Filmy

Read Previous

प्रताप दास र वेनिशा पौडेलको ‘यस्तो माया’पल शाह र उषा उप्रेती

Read Next

‘नेपाली म्यूजिक भिडियो अवार्ड’ हङकङमा हुने