चलचित्र ‘लप्पन छप्पन २’को एक्सनले भरिएको ट्रेलर सार्वजनिक(भिडियो)

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ ।चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ ।पैसा र शक्तिको भिडन्तलाई चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलरमा अनुप विक्रम शाहीलाई खलनायकको रुपमा देखाइएको छ ।

चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् । यूरोपका ४ देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको चलचित्रको बजेट ३ करोड माथि रहेको बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल, सन्तोष चन्द्र बख्रेलको लगानी छ । निर्देशक मुकुन्द भट्टले चलचित्र निर्माण गर्न निकै नै गाह्रो भएको बताउँदै कोभिडपछि आफूहरु जोखिम मोल्न तयार भएको बताए ।

Namaste Filmy

Read Previous

अभिनेता प्रदीप खड्काको चलचित्र ‘प्रकाश’ को शुभमुहूर्त

Read Next

‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनीक,पुष्प खड्का भिन्न अबतारमा