अन्जु पन्त र प्रमोद खरेलको ‘उडायो पछ्यौरी’को भिडियो सार्वजनिक

अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ। गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो रोमान्टिक बनेको छ। सार्वजनिक भिडियोमा निर्देशन सिरेन बराल नृत्य निर्देशन सुबोल थापा छायांकन दीपक गिरि र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ ।

Namaste Filmy

Read Previous

पूजा शर्मा र आकाश श्रेष्ठको ‘सम्हालिन्छ कहिले मन’को छायाँकन सकियो

Read Next

अमिताभ बच्चन र इमरान हाशमी अभिनित चलचित्र ‘चेहरे’को ट्रेलर सार्वजनिक (भिडियो)