अमिताभ बच्चन र इमरान हाशमी अभिनित चलचित्र ‘चेहरे’को ट्रेलर सार्वजनिक (भिडियो)

अमिताभ बच्चन र इमरान हाशमीको मुख्य भूमिका रहेको चलचित्र ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ ।अमिताभ र इमरान पहिलो पटक एक साथ स्क्रिन सेयर गर्दैछन् ।सार्वजनिक ट्रेलरमा अमिताभ र इमरानबीच एक खेल हुने देखाइएको छ ।

चलचित्रलाई रुमी जाफरीले निर्देशन गरेको हुन् । चलचित्रमा अमिताभ र इमरानसँगै रिया चक्रवती, अन्नु कपूर, धृतिमान चटर्जी, रधुवीर यादव, सिद्धान्त कपूर र क्रिस्टल डिसूजाको मुख्य भुमिका रहेको छ ।अप्रिल ९ मा प्रदर्शन हुने चलचित्र ‘चेहरे’लाई आनन्द पण्डित मोशन पिक्चर्स र सरस्वती इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

Namaste Filmy

Read Previous

अन्जु पन्त र प्रमोद खरेलको ‘उडायो पछ्यौरी’को भिडियो सार्वजनिक

Read Next

पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सर्वाजनिक (भिडियो)