पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सर्वाजनिक (भिडियो)

नया बर्षको अवसर पारेर चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सर्वाजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरबाट चलचित्रमा अभिनेता खड्काको भिन्न लुक्समा देखिएका छन् ।

पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारले अभिनय गरेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो ।

दीपक वलीले निर्देशन गरेको चलचित्र ‘कृष्ण–लीला’लाई लक्ष्मण सुवेदीले लेखेका हुन् ।यस चलचित्र शिब ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको छ भने अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

Namaste Filmy

Read Previous

अमिताभ बच्चन र इमरान हाशमी अभिनित चलचित्र ‘चेहरे’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

धुर्मुस–सुन्तलीको वेव फिल्मको ‘ओई मेरो परान’गीत सार्वजनिक (भिडियो)