


सामाजिक अभियान्ता तथा हाँस्य कलाकार सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ वेव फिल्मको गीत सार्वजनिक गरिएको छ ।राजधानीमा एक कार्यक्रमको बिच ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीतसगै रचना रिमाल र भक्त प्रधानको स्वर रहेको छ ।टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ ।
धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ भने एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।
