चलचित्र ‘लोभीपापी’को ‘डार्लिङ’ गीत सार्वजनिक (भिडियो)

शिवम अधिकारीको निर्देशन रहेको चलचित्र ‘लोभीपापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर तथा ओमकै शब्द, संगीत छ । सार्वजनिक गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।

छिट्टै रिलिजको तयारीमा रहेको चलचित्र ‘लोभीपापी’ जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडी लागायत कलाकारको अभिनय छ ।

अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको यस चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ ।मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको फिल्मको प्रस्तुतकर्ता मोसन स्टुडियो नै हो ।

Namaste Filmy

Read Previous

‘अर्जुन रेड्डी’को नेपाली रीमेकको लागि अडिसन सम्पन्न

Read Next

अभिनेत्री कंगाना रनावत अभिनित चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक (भिडियो)