अभिनेत्री कंगाना रनावत अभिनित चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘थलाइवी’ को ट्रेलर रिलिज गरिएको छ । बलिउड अभिनेत्री कंगाना रनावतको ३४औं जन्मदिनको अवसर पारेर ट्रेलर सार्वजनिक गरिएको हो।अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वं. जयललिताको जीवनीमा आधारित भएर बनेको चलचित्र को ट्रेलरमा उनको अभिनय करिअरदेखि राजनीतिमा प्रवेश गरेपछि आएका उतार-चढाव देखाइएको छ ।

चलचित्र ‘थलाइवी’मा कंगनाका अलावा अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन र मधु बालाको पनि मुख्य भूमिका छ ।चलचित्र ‘थलाइवी’ २३ अप्रिल २०२१ मा प्रदर्शनमा आउँदैछ ।

ए. एल विजयको निर्देशनमा बनेको यस चलचित्रको ट्रेलर सार्वजनिक भएसँँगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।यस चलचित्रको लागि लागि कंगना २० केजी तौल बढाएर केही महिनामा त्यति नै घटाएकी थिइन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘लोभीपापी’को ‘डार्लिङ’ गीत सार्वजनिक (भिडियो)

Read Next

सज्जा चौलागाई र बलबहादुर राजबंशीको ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक