सज्जा चौलागाई र बलबहादुर राजबंशीको ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीकोब युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक भएको छ ।

बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि ‘लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।

Namaste Filmy

Read Previous

अभिनेत्री कंगाना रनावत अभिनित चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपीपल’मा शिव ,गौरी ,सलोन र राजीवजंग