किरण भुजेल र समिक्षा अधिकारीको‘ब्रेकअप’मा बर्षा,आंचल,पुष्प र बले (भिडियो)

करिव ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौला’ गीतले दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो। सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको यो गीतलाई १ करोड ४३ लाख बढी पटक हेरिएको छ।

उत्कृष्ट प्रतिकिया बटुलेको यो गीतको दोश्रो भाग ‘माया गरौला २ (ब्रेकअप)’ रिलिज भएको छ। किरण भुजेल र समिक्षा अधिकारीको आवाजमा रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन् ।

सरोज ओलीको निर्देशन तयारमा निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आंचल शर्मा फिचर रहेका छन्। बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडीयोलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन्। भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन्।

Namaste Filmy

Read Previous

‘लप्पन छप्पन २’को रिलिज मिति अनिश्चत कालको लागि सारियो

Read Next

दयाहाङ राई र प्रकृती श्रेष्ठ अभिनित ‘बिहे पास’को छायांकन सुरु