१२ बर्षमै ग्याङरेप भएको थियो, यी सेक्सी हिरोइनको ।

[dropcap][/dropcap]र्चित हलिउड अभिनेत्री पामेला एन्डरसनले एक सनसनीपुर्ण खुलासा गरेकि छिन । उनले आफु १२ बर्षको उमेरमा नै ग्याङरेपको शिकार बनेको बताएकि छिन । उनका अनुसार उनी जब ९ कक्षामा थिइन तब उनका साथीको ब्वायफ्रेन्ड ले केहि साथीहरुको साथ मिलेर उनको सामुहिक बलात्कार गरेका थिए ।Pamela-Andersonपामेला एन्डरसन फाउन्डेसन को लन्च गर्ने क्रममा आयोजित एक समारोहका बीच उनले यी सम्पुर्ण खुलासा गरेकि हुन । ४६ बर्षीय जनावर प्रेमी यी अभिनेत्रीले बाल्यकालमा आफु पटकपटक यौनशोषणको शिकार हुन पुगेको बताइन । १२ बर्षको उमेरमा भएको ग्याङरेप पछि उनी मर्न चाहेकी थिइन तर जनावर प्रतिको प्रेम र लगावले आफुलाई बचाएको उनको भनाई छ । यी बेवाच स्टारका अनुसार बुवाआमाको प्रगाढ मायाका बाबजुद पनि आफ्नो बाल्यकाल अत्यन्त दुखद रहेको बताइन ।
आफु यस्ता विभिन्न शोषणमा परेपनि कसैलाई केहि नभनेको उनको भनाई छ । पामेलाको यी तितो अनुभवपछि मानिसप्रतिको भरोसा हटेको थियो । तर जनावरप्रतिको लगाव र प्रेमले जनावर नै सच्चा मित्र बन्न सक्छ भन्ने प्रेरणा ले आफु यहासम्म आएको उनले बताइन ।

Namaste Filmy

Read Previous

बाबु र तक्मे बुढाको 'हमजायगा' ।

Read Next

अक्षयकुमारको ‘इट्स इन्टरटेनमेन्ट’ पोष्टर तथा टेलर सार्वजनिक ।