अर्पण थापा र स्वस्तिमा खड्का अभिनित ‘चिसो मान्छे’ को छायांकन सकियो

निर्मात्री शर्मिला पाण्डेको नया चलचित्र ‘चिसो मान्छे’ को छायांकन सकिएको छ ।दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’को छायांकन २७ दिनमा सकिएको निर्माणपक्षले बताएको छ ।

चलचित्र छायांकनमा जानु अघि वर्कशप गरेकाले पनि छायांकन चाडै सकिएको निर्देशन खनालले बताए ।चलचित्रको छायांकन काठमाण्डौबाट सुरु गरेर बाजुरामा सकिएको छ ।दीपेन्द्रले चलचित्र राम्रो बनेको भन्दै आफूले सोचे अनुसार नै दृश्य उतार्न सकेको बताए ।

चलचित्र ‘चिसो मान्छे’अर्पण थापा र नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।चलचित्रलाई आउँदो बर्षको भदौ ११ गतेबाट रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

Namaste Filmy

Read Previous

दयाहाङ राई र प्रकृती श्रेष्ठ अभिनित ‘बिहे पास’को छायांकन सुरु

Read Next

‘मनसँग मन’को फस्टलुकमा पुष्प र वर्षा रोमान्टिक अवतारमा