बलिउड अभिनेत्री परिणिती चोपडाको टपलेस फोटो सार्वजनिक

बलिउडका चर्चित फोटोग्राफर डब्बु रतनानीले हालै अभिनेत्री परिणिती चोपडाको टपलेस फोटो शेयर गरेका छन् । यो फोटो यस वर्षको क्यालेण्डरको लागि हो वा होइन भन्ने कुरा भने उनले खुलाएका छैनन् । सायना स्टारको यो फोटो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । फोटोमा परिणिती पहेंलो रंगको ट्रलीमा टपलेस अवस्थामा बसेकी छिन् ।

हरेक वर्ष डब्बु रतनानी आफ्नो फोटोसुटका कारण चर्चामा रहन्छन् । गत वर्ष डब्बुले कियारा आडवाणीको टपलेस फोटोसुट गरेका थिए । यस वर्ष परिणिती चर्चामा छिन् । फोटोमा परिणितीले न्यूड मेकअप गरेकी छिन् र कपाल खुला छाडेकी छिन् । गत वर्ष पनि परिणिती डब्बु रतनानीको क्यालेण्डरमा देखिएकी थिइन् ।

https://www.instagram.com/p/CNFrdhpHhqb/?utm_source=ig_embed

पछिल्लो समय परिणितीका फिल्महरु पनि लगातार रिलिज भइरहेका छन् । ओटीटी प्लेटफर्ममा उनको फिल्म ‘द गर्ल अन द ट्रेन’ रिलिज भएको थियो । त्यसपछि थिएटरमा ‘संदिप और पिंकी फरार’ र ‘सायना’ रिलिज भएका छन् । परिणितीले २०११ मा फिल्म ‘लेडिज भर्सेज रिकी बहल’बाट बलिउड डेब्यू गरेकी थिइन् ।

Namaste Filmy

Read Previous

अभिनेत्री आलिया भट्ट पनि कोरोना संक्रमित

Read Next

‘अनन्त’मा कार्म र लक्ष्मीको जोडी